अत्वार अगहन १२ | थारु संम्बत:२६४४
१२ मंसिर २०७८, आईतवार
November 28, 2021

नेपाली काँग्रेस कैलाली ५ को क्षेत्रीय सभापतिमा पडाल विजयी

९ मंसिर २०७८, बिहीबार
नेपाली काँग्रेस कैलाली ५ को क्षेत्रीय सभापतिमा पडाल विजयी

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन् । वर्तमान सचिव पडाल क्षेत्रीय सभापतिमा विजयी भएका हुन्। उनले २९० मत पाए। सभापतिका ५ उम्मेदवारमध्ये पडालले सुरुवातदेखि नै अग्रता लिएका थिए।

यस्तै सन्तोष मुडभरीले ११३, हरिप्रसाद रेग्मीले ४७, इश्वरीप्रसाद जोशीले २३ र हिरासिंह पातलीले २१ मत पाए। यस्तै अन्य पदमा पनि पडालकै टीम विजयी भएको छ।

Source:https://radioghodaghodi.com.np/11/5167/