बुध माघ ०५ | थारु संम्बत:२६४५
५ माघ २०७८, बुधबार
January 19, 2022

प्रधानमन्त्री देउवा चितवनमा

१० मंसिर २०७८, शुक्रबार
प्रधानमन्त्री देउवा चितवनमा

चितवन: प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आएका छन्। नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आएका हुन्। नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा केहीबेरअघि मात्र हेलिकोप्टरबाट यहाँ आइपुगेका हन्। प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएका हुन्। केही बेरमा उनी कार्यक्रमस्थल नारायणी नदी किनारमा पुग्नने छन्। महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी फर्कीने बताइएको छ।

महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि चितवन पुगेका छन्। चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ।

Source :https://dineshkhabar.com/article/69107